अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको संख्या २५ पुग्यो


२१ फाल्गुन २०७६, बुधबार
aadhi

अमेरिका, २१ फागुन । अमेरिकामा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । दक्षिणी शहर न्यासभिल र आसपासका क्षेत्रमा आएको आँधीका कारण कयौं घरहरुमा क्षति पुगेको छ ।

आँधीमा परेर केही स्थानीय हराइरहेको सरकारी अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आँधीमा परेर मुत्यु हुनेहरुमा वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ ।

आँधीका कारण सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको समाचारमा जनाइएको छ । आँधीका कारण सार्वजनिक यातायात, विद्यालय तथा सरकारी कार्यालयहरु समेत बन्द भएका छन् । आँधीका कारण पूर्व निर्धारित मतदान कार्यक्रम समेत स्थगित गरिएको समाचारमा जनाइएको छ ।

सन् २००८ मा आएको आँधीका कारण उक्त क्षेत्रमा ५५ जनाको मृत्यु भएको थियो । यसैबीच चुनावी अभियानमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले चाँडै नै प्रभावित क्षेत्रको भ्रमण गर्ने आश्वासन समेत दिएको समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७