प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु


२१ फाल्गुन २०७६, बुधबार
kp oli

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको छ ।

मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेको हो ।

मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।
उनलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गरेकी छन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७