प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षालाई सारियो पोस्टअप वार्डमा


२१ फाल्गुन २०७६, बुधबार
samikchha

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीलाई शल्य कक्षबाट पोस्ट अपरेटिभ वार्ड (शल्यक्रियापछि राखिने वार्ड) मा सारिएको छ ।

उनलाई ३ बजेर ५ मिनेट जाँदा पोस्ट अपरेटिभ वार्डमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ । समीक्षाको शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा सफल रुपमा प्रत्यारोपण भइसकेको छ ।

प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न थालेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणको जानकारी दिन अस्पतालले पत्रकार सम्मेलनको तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७