हुलाकी सडक निर्माणमा लगाइएका ६ गाडीमा लगाइयो आगो


२२ फाल्गुन २०७६, बिहीबार
aagajani 1

कपिलवस्तु, २२ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी, स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् ।

हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।

आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७