काठमाडौंमा मिस वर्ल्ड–२०१९ की टोनी एनसिंह


२२ फाल्गुन २०७६, बिहीबार
toni

काठमाडौं, २२ फागुन । मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी छिन् ।

बिहीबार मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन् । मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।

हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ ।

उनको भ्रमणमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी हुने मिस नेपाल आयोजक हिडन ट्रेजरले जनाएको छ ।

उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको हिडन ट्रेजरले जानकारी दिएको छ ।

उनी अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन् । यो भ्रमणमा मिस वर्ल्ड संस्थाको टोलीले नेपालमा मिस वर्ल्ड कार्यक्रम आयोजना गर्ने सम्भावनाहरू पनि हेर्ने हिडन ट्रेजरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७