कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ: राज्यमन्त्री रावत


२२ फाल्गुन २०७६, बिहीबार
nabraj rawat

काठमाडौं, २२ फागुन : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेकोे बताएका छन् ।

स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका क्रममा डडेल्धुराको सदरमुकाम पुगेका राज्यमन्त्री रावतले पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको जानकारी दिएको हो ।

भारतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि डडेल्धुराको पुराना छोटी भन्सार नाकामा कोरोना जाँच कक्ष स्थापना नभएकाले नेपालबाट भारत जाने आउने पर्शुराम नगरपालिका र भागेश्वर गाउँपालिकाको छोटी भन्सारबाट नेपालमा फैलन सक्ला कि भन्ने पत्रकारले गरेको प्रश्नमा राज्यमन्त्री रावतले सो सम्बन्धमा अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिइने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७