हायातले डिडिए गर्न सुटुक्क सूचना निकालेपछि तारागाउँको आपत्ती


२२ फाल्गुन २०७६, बिहीबार
Parlad neupane scaled

काठमाडौं, २२ फागुन : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले होटल हायातको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए)को लागि सुटुक्क सूचना प्रकाशन गरेपछि तारा गाउँ विकास समितिले असहमति प्रकट गरेको छ । तारा गाउँ विकास समितिसँगको पूर्व सहमति र समन्वय विना एकतर्फी रुपमा डिडिएको सूचना प्रकाशन गरिएको भन्दै उसले आपत्ती जनाएको हो ।

तारा गाउँ विकास समितिको पूर्ववत अडान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरित डिडिएका लागि सुटुक्क सूचना प्रकाशन गरिएको कारण हायातलाई पत्र लेखेर असहमति प्रकट गरिएको समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले बताए । हायातले गत १८ फागुन २०७६ मा काठमाडौं पोष्टमा सानो सूचना प्रकाशन गरेर डिडिएका लागि प्रस्ताव आह्रवान गरेको थियो । सूचनामा कसको डिडिए गर्ने ? कसरी गर्ने ? सम्पर्क ठेगाना कहाँ हो ? केही उल्लेख गरिएको छैन ।

गत २३ मंसिर २०७६ मा बसेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा अध्यक्ष न्यौपानेले सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफल लगायतका बिषयमा आफ्नो ६ बुँदे फरक मत राखेका थिए । सो ६ बुँदा मध्ये तारा गाउँ विकास समितिले तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा गरेको लगानी र प्रतिफलको विश्लेषण गनुपर्ने, होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (डिडिए) गर्नुपर्ने अडान थियो ।
अध्यक्ष न्यौपानेको अडान अनुसार नै डिडिएको लागि हायात तयार भएपनि सूचना निकाल्दा भने एकतर्फी रुपमा सुटुक्क निकालेपछि अध्यक्षले त्यसमा असहमति जनाएका हुन् । तर, अध्यक्ष न्यौपानेले भने राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त कम्पनीबाट मात्रै डिडिए हुने बताए । डिडिएका लागि सबै प्रकारका सूचना तथा बिषय खुलाएर पुन विज्ञापन प्रकाशन गरिनुपर्ने भन्दै अध्यक्ष न्यौपानेले हायातलाई २२ फागुन २०७६ मा चिठी लेखेका छन् ।

तारा गाउँ विकास समितिले लेखेको पत्र :-

Tara Gau Development Letter scaled

Tara Gaun Letter scaled

गत १८ फागुन २०७६ मा हायातले प्रकाशन गरेको सूचना अनुसार कुनै पनि हालतमा डिडिए नहुने अध्यक्ष न्यौपानेको भनाई छ । उनले भने, ‘पूर्व निर्णय, सहमति, संसदीय समिति, अख्तियार अनुसन्धान दुरुपयोग आयोगको निर्देशन सबैलाई मध्यनजर गरेर डिडिएका लागि सूचना जारी गरिनुपर्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त कम्पनीबाट डिडिए गरिनुपर्छ, जो सबै नेपाली जनताले यर्थाथ थाहा पाउनुपर्छ । किनभने पब्लिक लिमिटेड कम्पनी हो ।’

अध्यक्ष न्यौपानेले अब विगतमा जस्तो कुनै प्रवाह र आग्रहमा काम नहुने बताए । उनले भने, ‘हिजो के के भयो ? म त्यतातिर जान्न मलाई यति मात्रै थाहा छ अब नेपाल सरकारको शेयर अनुपात २२.६७ कायम हुनुपर्छ । हुन्छ ।’

अध्यक्ष न्यौपानको ६ बूँदे फरक मत scaled
अध्यक्ष न्यौपानको ६ बूँदे फरक मत



समयमा तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा तारा गाउँ विकास समितिको लगानी अनुपात साविकको ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटेको देखाइएको छ । पछिल्लो कम्पनीको चुक्त्ता पूँजी र एसिएन बिकास बैंकले लगानी गर्दाको शर्त अनुसार नेपाल सरकारको २२.६७ प्रतिशत शेयर कायम रहनु पर्ने अडान अध्यक्ष न्यौपानेको छ ।

सञ्चालनमा आए यता होटलले घाटामा गएको देखाउँदै नेपाल सरकारलाई लगानी बापतको कुनै मुनाफा दिएको छैन । विभिन्न समयमा संसदीय समिति, सरकारको छानबिन समितिले हायात होटलको समस्या समाधान गर्न प्रतिवेदन मार्फत सुझाव र निर्देशन दिए पनि सरकारी सम्पत्तिमा निजी लगानीकर्ता राधेश्याम सर्राफ र सुरेशलाल श्रेष्ठको समूहले आफू अनुकुल मनपरी गर्दै आएका छन् ।

Scan10002 2
हायातले निकालेको सूचना


शुरूआतमा होटलमा सरकारको ३९.७७ प्रतिशत रहेको शेयर निरन्तर घटाउँदै ९.०१ प्रतिशतमा खुम्च्याइएको छ । गएको वर्ष सांसद् अग्निप्रसाद सापकोटाको संयोजकत्वको समितिले अध्ययनपछि तयार पारेको ‘तारागाउँ विकास समिति अध्ययन अनुगमन सम्बन्धी प्रतिवेदन २०७५’ ले पनि शेयर लगानी बापत दिइएको जग्गा फिर्ता लिन, भाडा सम्झौता रद्द गरी प्रचलित बजार मूल्य अनुसार जग्गाको मूल्याङ्कन गरी उचित लाभ तोक्न सरकारलाई निर्देशन दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गुमेको नेपाल सरकारको शेयर फिर्ता गराउनका लागि सबै प्रकारका आवश्यक कदम चाल्न तारा गाउँ विकास समितिलाई निर्देशन दिदै आएका छन् । मन्त्री भट्टराईले हायतमा नेपाल सरकारको पुरानै शेयर कामय गर्न, व्यक्तिले प्रयोग गरीरहेका तारा गाउँ विकास समितिका जग्गाहरु फिर्ता ल्याएर व्यवस्थित गर्नका लागि निर्देशन दिएका छन् । भट्टराईले डिडिएका लागि पनि पटक पटक निर्देशन दिदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७