बर्दिवासमा खुल्यो प्राइम कमर्सियल बैंकको शाखा


प्रकाशित मिति : March 5, 2020

काठमाडौं, २२ फागुन । प्राइम कमर्सियल बैंक लिमिटेडले बर्दिवास नगरपालिकामा शाखा स्थापना गरेको छ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका वीच बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले शाखा कार्यालय बर्दिवासको उद्घाटन गरेकी थिइन्।

यस शाखा संचालनपछि बैंकको शाखा कार्यालय संख्या ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्