आज नेपाल र सिङ्गापुर भिड्दै, नेपाल प्रतिष्ठाको लडाईमा


२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं, २३ फागुन । एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको अन्तिम खेलमा नेपालले आज सिङ्गगापुरसँग खेल्दैछ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान सवा ८ बजे सुरु हुनेछ ।

नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । सिङ्गापुर भने शीर्ष दुई स्थान पक्का गर्दै एसिया कप छनोटमा पुगिसकेको छ ।

अन्तिम खेलमा आज नेपाललाई हराउँदे सिङ्गापुर समुहका सबै खेलमा अपराजित रहन चाहन्छ । ३ खेलमा ३ जितका साथ सिङ्गापुर तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७