कोरोनाको त्रास : भक्तपुर महोत्सव पनि स्थगित


२३ फाल्गुन २०७६, शुक्रबार
bhaktapur mahotsab

भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँच दिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म आयोजना हुँदै थियो ।

तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरुलगायतका पक्षहरुसँग छलफल गर्ने तथा अन्य तयारीको कामलाई तीव्र पारेको थियो ।

महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक नाच प्रस्तुत गर्ने कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रम तय गरिएका थिए ।

त्यस्तै महोत्सवको सन्दर्भमा पर्यटकीय क्षेत्रमा स्तरीय शौचालय, हरियाली प्रवर्द्धन, सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था तथा रात्रिकालीन पदयात्रा सञ्चालन काम अगाडि बढेका थिए ।

नगरपालिकाले स्थानीय युवालाई चिनियाँ, जापानी, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालिम सञ्चालन समेत गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७