कोरोना त्रासको मौका छोपेर काठमाडौंमा ग्याँसमा कृत्रिम अभाव सिर्जना (फोटो फिचर)


२३ फाल्गुन २०७६, शुक्रबार
gass abhav scaled

काठमाडौं, २३ फागुन । कोरोना (कोभिड–१९) भाइरसले विश्वव्यापी आतंक सिर्जना गरिरहेका बेला यसले नेपालमा त्रास मात्र होइन, बजारमा समेत असर पारेको छ ।

 

अहिले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको बढ्दो चर्चा र त्रासको मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने काम शुरु भइसकेको छ ।

अहिले बजारमा मास्क (मुखावर), स्यानिटाइजर र औषधिको कृत्रिम अभाव सिर्जना गराउनेकाम शुरु भइसकेको छ । यति मात्र होइन, अहिले बजारमा उपभोग्य सामानदेखि लिएर ग्याँस समेत लुकाएर कृत्रिम अभाव सिर्जना गराउन थालिएको छ ।

सडकदेखि सदनसम्म कोरोना भाइरस संक्रमणको चर्चा चुलिन थालेसँग आतंकको अवस्थामा बढी कमाइ गर्न सकिने बुझेका व्यापारीहरुले अहिले धमाधम पसलका सामान लुकाउएर कृत्रिम अभाव सिर्जना गराउन थालेका छन् ।

सरकारले कोरोना भाइरसलाई कारण देखाएर कालोबजारी गर्नेमाथि कारवाही गर्ने बताइरहेको भए पनि व्यापारीहरुले सरकारको फितलो कार्यान्यन पक्षको कमजोरीबाट फाइदा उठाउँदै बजारमा कालोबजारी शुरु गरिसकेका छन् ।

जसको उदाहरण आज (शुक्रबार) काठमाडौंको अनामनगरस्थित एक ग्याँस पसलमा देखियो । सरकारले बजारमा ग्याँसकोे अभाव नरहेको बताइरहेका बेला शुक्रबार अनामनगरको ग्याँस पसलमा रित्ता सिलिण्डर लिएर ग्याँस पसलका साहु पर्खिरहेको भिडले बजारमा कृत्रिम अभाव सिर्जना गराएको सहजै बुझ्न सकिन्थ्यो । बन्द रहेको ग्याँस पसलमा खाली सिलिण्डर लिएर आएका उपभोक्ताहरुले आफूहरुले दुई–तीन दिनदेखि नै पसलबाट ग्याँस पाइनरहेको बताएका छन् ।

Gass kalobazari 10

उनीहरुले पसलका साहु ग्याँस लुकाएर पसल बन्द गरेका कारण आफूहरु समस्यामा परेको बताएका छन् । दुई–तीन दिनअघि नै ग्याँसका लागि नाम टिपाएको बताउने एक उपभोक्ताले भने, ‘ग्याँस लिन आएको पसल बन्द छ, साहुलाई फोन गर्दा फोन नै उठाउँदैनन । सरकार बजारमा केहि अभाव छैन भन्छ, यहाँ हामी सामान नपाएर समस्यामा छौं ।

सरकारले मात्र होइन स्वयम् व्यापारीहरुको आधिकारिक संस्थाहरुले समेत कोरोनाका कारण नेपाली बजारमा तत्काल असर पुग्ने कुनै अवस्था नरहेको बताइसकेको छ । सम्बन्धित निकायको अनुगमन, कारवाहीमा ध्यान जान नसक्दा बजारमा कालोबजारी शुरु भइसकेको छ ।


हेर्नुस् तस्विरमा ग्याँस लिनका लागि अनामनगरमा लागेको भीड

Gass kalobazari 1
Gass kalobazari 16
Gass kalobazari 14
Gass kalobazari 5
Gass kalobazari 12
Gass kalobazari 9
Gass kalobazari 8
Gass kalobazari 7
Gass kalobazari 6
Gass kalobazari 4
Gass kalobazari 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७