प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र सर्वोच्चले माग्यो


२६ पुष २०७४, बुधबार
Gopal Parajuli

काठमाडौं: प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि सर्वोच्च अदालतले झिकाउन आदेश दिएको छ ।

Gopal Parajuli

अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएको बताएका थिए । उनले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखेपछि सर्वोच्चले झिकाएको हो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधवार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौँ जिल्ला अदालतबाट लिएको दुवै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरू झिकाउन आदेश दिएको हो ।
साथै पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्बहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन भनिएको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७