शिक्षा मन्त्रालयले भन्यो, ‘एसईई परीक्षा चैत ६ देखि नै हुन्छ’


२३ फाल्गुन २०७६, शुक्रबार
education ministrya final1

काठमाडौं, २३ फागुन । शिक्षा मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुन थालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको भनी आएका सूचनाको पनि खण्डन गरेको छ । मन्त्रालयका अनुसार चैत ६ देखि हुने गरी यसअघि नै तय भएको एसईई परीक्षा यथावत् समयतालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ ।

मन्त्रालयले भनेको छ, ‘चैत ६ देखि तय भएको एसईई परीक्षा यथावत् सञ्चालन हुनेछ ।’ त्यस्तै उसले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने सूचना गलत भएको भन्दै भ्रममा नपर्न अपिल गरेको छ ।

मन्त्रालयले विकसित अवस्थाबारे नियमित रुपमा समीक्षा र विश्लेषण गरिरहेकोले आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालयले जानकारी दिने उल्लेख गरेको छ ।
हेर्नुस् विज्ञप्ती

see

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७