डा.केसीलाई तारेखमा छोड्न सर्वोच्चको आदेश


२६ पुष २०७४, बुधबार
kc 1

काठमाडौं: सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

kc 1
साथै डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा। केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो ।

अदालतको अवहेलनाको मुद्दा गरेपछि सर्वोच्चको आदेशमा डा। केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थिच गराएर बयान लिइएको थियो भने आज बुधबार बहस भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७