कोरोना भाइरस रोकथाम गर्न सरकार क्रियाशिल छ : मन्त्री पोखरेल


२३ फाल्गुन २०७६, शुक्रबार
ishawar pokhrel

काठमाडौं, २३ फागुन । उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेले कोरोना भाइरस रोकथाम गर्न सरकारले कुनै पनि कमी नगर्ने स्पष्ट पारेका छन् ।

प्रगतिशिल लेखक संघले शुक्रबार काठमाडौंमा आयोजना कार्यक्रममा उनले ८४ देशमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकार क्रियाशिल रहेको पनि बताएको हो ।

कोरोना नियन्त्रणका लागि उच्चस्तरिय समितिका संयोजक समेत रहेका पोखरेलले अहिले कोरोना रोकथामका लागि प्रारम्भीक सजकता अपनाइएको जिकिर गरे । उनले जनताको साथ र समर्थनमा सरकारले आफ्नो गतिविधी अघि बढाउने धारणा पनि राख्नुभयो । पोखरेलले सामूहिक कार्यक्रमको आयोजना नगर्न सुझाव दिदै सकेसम्म भिडभाडमा नजान आग्रह पनि गरे ।


कार्यक्रममा बरिष्ठ प्रगतिशिल साहित्यकार तथा चिन्तनलाई आनन्ददेव भट्ट अभिनन्दन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७