ताजिकिस्तानबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । आगामी असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि मूख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टिम छनौट गरेका हुन् ।

यसअघि एन्फा मैदानमा भदौ २० गते भएको ताजिकिस्तानबिरुद्ध खेलेकै टोलीका अघिकांश खेलाडीले यस टिममा पनि स्थान बनाएका छन् । त्यस खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।

नेपाली टोलीका सदस्यहरुमा

गोलरक्षकः किरणकुमार लिम्बु, एलन न्यौपाने र बिकेश कुथु

डिफेण्डरः बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल

मिडफिल्डरः  बिशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ,सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, बिक्रम लामा

स्ट्राइकरः बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अञ्जन विष्ट

प्रतिक्रिया दिनुहोस्