‘विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी तत्पर छौं’


२३ फाल्गुन २०७६, शुक्रबार
Kumar Panta

लण्डन, २३ फागुन  । गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न तत्पर रहेको गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)का अध्यक्ष कुमार पन्तले बताएका छन ।

गैरआवासीय नेपाली (एनआरएन) को पूँजी र सीप भित्रायाउनका लागि केन्द्रीत हुने भन्दै अध्यक्ष पन्तले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीहरुको ठुलो भुमिका रहदै आएको बताएको हुन । थियो ।

५ मार्चमा गैरआवसीय नेपाली संघ बेलायतको १५ औं स्थापना दिवसको अवसरमा बेलायतको अल्डरसर्टमा आयोजित कार्यक्रममा बोल्दै पन्तले गैरआवसीय नेपालीहरुको महत्व राज्यले विस्तारै बुझदै गएको छ । ‘त्यसैको परिणाम स्वरुप विदेशमा बस्ने नेपालीहरुले दोहोरो नागरिकता पाउने भएको छ’, उनले भने ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव हेमराज शर्माले व्यवसायमा लगानी मात्रै नभएर विदेशमा सिकेका ज्ञान सीपलाई समेत देशको विकासमा प्रयोग गर्नु जरुरी रहेको औँल्याएका छन । ‘विदेशमा बसेर भएपनि नेपालप्रतिको माया र नेपालको समृद्धि चाहेको छ, उनले भने।

गैरआवसीय नेपाली संघ बेलायतले विभिन्न आरोह अवरोह हुदै १५ औं बसन्त पार गरेको अवस्थामा संस्थाले धेरै गर्नुपर्न कामहरु रहेको गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा कार्यक्रम संयोजक रामशरण सिम्खडाले बताए । बेलायत गैरआवसीय नेपाली संघ जन्माउने थलो भएको स्मरण गराउदै सवैको सकरात्मक चासो र चिन्ताको अपरिहार्यता रहेको बताए ।

गैरअवासीय नेपाली संघ बेलायतका अध्यक्ष पुनम गुरुङले संस्थागत विकासमा आफ्नो तत्परता रहेको र सोही अनुसार आफ्नो कार्यहरुलाई दु्रत गतिमा गरिरहेको बताइन । ठुलो दोहोरो नागरिकता र गोर्खाहरुको हक अधिकारमा पहल निरन्तर जारी रहेको पनि बताइन । कार्यक्रममा बेलायतका लागि नेपाली राजदुतवासका उपनियोग प्रमुख शरदराज आरन, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य, पुर्व अध्यक्षहलगायतकाहरुले मन्तब्य राखेका थिए ।

स्थापना दिवसको उदघाटन् गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)का अध्यक्ष कुमार पन्तले १५ औं स्थापना दिवस लेखेको केक काटेर गरेका थिए । कार्यक्रममा गैरआवसीय नेपाली संघ बेलायतका सल्लाहकारहरुलाई सम्मान समेत गरिएको थियो ।

बेलायतको अल्डरसर्टको एम्पाएर हलमा सम्पन्न कार्यक्रममा ठुलो संख्यामा नेपाली समुदायहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७