सगुनले ल्यायो ‘अल इन वान’ एप्स


२६ पुष २०७४, बुधबार
6

काठमाडौं: सोसियल इकमर्स साइट सगुन’ले एन्ड्रोई मोबाई प्रयोग कर्ताहरूको लागि सुविधा युक्त एप्स ल्याएका छन् । सगुनले बुधवार भारताक नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गरी एप्स सार्वजनिक गरेको हो । एप्सलाई बलिउड अभिनेतृ श्रद्धा कपुरले सार्वजनिक गरेकी थिइन् ।

4

श्रद्धाले एप्स सार्वजनिक गर्दै सगुनको संस्थापक गोविन्द गिरीलाई प्रश्न गरिन्, कसरी डेभलप भयो चाखलाग्दो एपसगुनको मोबाइल एप्स ? गिरीले उत्तरमा ‘मैले ध्यान गरेर यस्तो एप विकास गर्न सकेँ । ध्यान गर्दा मलाई सबै आइडिया आएको हो ।’

शारदाले पनि पनि डाउनलोड बताउँदै एपबाट प्रभावित बनेको बताइन् । सगुनको एपमा रहेका माई डे, मुड टक, सेक्रेटजस्ता फिचर साँच्चै युनिक, इनोभेटिभ र उत्कृष्ट रहेको पनि शारदाले बताइन् । सगुनको एपमा आफ्नो क्यालेन्डर व्यवस्थित गर्न, गोप्य सामग्री साथीहरूलाई पठाउन निकै उपयोगी सगुनले बताएको छ ।

कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले सगुनले आफू जन्मेको देश नेपाल, कर्मक्षेत्र रहेको भारत र आफू बस्दै आएको मुलुक अमेरिकालाई जोड्ने बताए । ‘तपाईँहरूले सगुनको एप्स डाउनलोड गर्नुभयो भने यस क्षेत्रमा रोजगारीको अवसर बढ्ने छ, उनले भने, ‘विश्वब्यापी रूपमा यसको प्रयोगकर्ता बढेमा नेपाल र भारतको समृद्धिमा यसले सघाउने छ ।’

6

सगुनको एप्सले प्रयोगकर्ताको गोपनियतालाई सुनिश्चित गरेको गिरीको दाबी छ । सगुन एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैँ डिलिट हुने यसमाको विशेषता छ । मोबाइलमा वेब व्राउजर नखोली एपबाटै वेबमा रहेका सबै कुरा चलाउन सकिने भएकाले लोकप्रिय हुन सगुन टिमले विश्वास राखेको छ ।

यसको अर्को विशेषता आफ्नो दैनिक सेड्युलमा राखेर आफन्तजनलाई शेयर गर्न सकिने सुविधा रहेको जानकारी सगुनले दिएका छन् । यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाइ र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले प्रियजनलाई मात्रै दिनभरिको स्टोर सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।

‘अल इन वन’ एप जस्तै रहको सगुनमा ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर समाहित छन् । यसलाई गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । सगुनले आइफोन प्रयोगकर्ताहरूका लागि छिट्टै एप्पलको स्टोरमा पनि एप सार्वजनिक गरिने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७