कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन हजार ४३६ पुग्यो, एक लाख संक्रमित (तथ्याङ्कसहित)

विश्वका ९० मुलुकमा फैलियो कोरोना संक्रमण


२४ फाल्गुन २०७६, शनिबार
korona 4

काठमाडौं, २४ फागुन । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाखभन्दा बढी पुगेको छ ।

विश्वका ९० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार शुक्रबार बेलुकीसम्म सो रोगको संक्रमणबाट मृत्यु हुनेरुको संख्या (विश्वभर) ३४ सय ३६ जना पुगेको छ भने १ लाख १ हजार ७ सय १० जनामा संक्रमण देखिएको छ ।

चीनको जोन्स हपकिन्स विश्वविद्यालयकाअनुसार चीनमा कम्तिमा ३,०४२ जना व्यक्तिको मृत्यु भएको छ भने विश्वको अन्य भागमा ३१४ जनाको ज्यान गएको छ, जसमध्ये अधिकांश इटाली र इरानका रहेका छन् ।

पछिल्लो २४ घण्टाभित्र इरानमा कम्तिमा एक हजार २०० नयाँ संक्रमितहरु देखा परेका छन् । यो कोरोना प्रकोप सुरु भएदेखिकै देशको सबैभन्दा ठूलो संक्रमणको फड्को हो । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको रिपोर्टअनुसार थप १२४ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा १ सय ९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्रान्समा पनि रातारात १५४ जना नयाँ संक्रमितहरु थपिएको बताइएको छ । त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १२ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केही राज्यहरुमा आपतकाल घोषणा गरिएको छ । एजेन्सी

1
2
5
3
6
7
8
9
10
4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७