दुई भन्दा बढी सिलिन्डर दिनेको रेकर्ड राखिने, पाइए सरकारले जफत गर्ने


२४ फाल्गुन २०७६, शनिबार
gass

काठमाडौं, २४ फागुन । कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकारले नियन्त्रणको प्रयास थालेको छ ।

दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आक्रामक रुपमा प्रस्तुत भएको सरकारले अब एउटा परिवारका लागि बढीमा दुई वटा बढी ग्याँस सिलिन्डर राख्न समेत नदिने भएको छ । जसका लागि दुइभन्दा बढी सिलिन्डर लिनेहरुको रेकर्ड राख्न थालिएको छ ।

शुक्रबारदेखि हरेक ग्याँस बिक्रेता र डिलरमा पुगेर दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताहरुको रेकर्ड राख्न थालिएको उद्योग, वाणिजय तथा आपुर्ति मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस प्रभावकै कारण पछि नपाइने हल्लासँगैं अहिले राजधानीलगायत मुलुकभरका विभिन्न शहरमा खाना पकाउने एलपी ग्याँस, दाल, चामल, चिनी नुनलगायत वस्तुको अभाव छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आवश्यकताभन्दा बढी खरिद गरी मौज्दात राख्न थालेपछि कालोबजारी नियन्त्रणका लागि यस्तो व्यवस्था गरेको बताएका हुन् ।
सरकारले धेरै ग्याँस राख्नेको जफत गरी नहुनेलाएई दिने जनाएको छ । राजधानी दैनिकबाट ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७