चीनमा क्वारेन्टाइन बनाइएको होटल भत्किँदा चारको मृत्यु, २९ वेपत्ता


२५ फाल्गुन २०७६, आईतवार
china 1

बेइजिङ, २५ फागुन । कोरोनाको लक्षण देखिएका मानिसहरुलाई राख्न क्वारेन्टाइन गरिएको एक होटल भत्किँदा चीनमा चार जनाको मृत्यु भएको छ ।

फुजियान प्रान्तको क्वान्झाउमा शनिबार पाँच तले सिन्जिया होटल भत्किएको हो । हाल २९ जना अझै वेपत्ता छन् । अधिकारीहरुका पुरिएका उनीहरुको हाल खोजी कार्य जारी छ ।

china

आपतकालीन व्यवस्थापन मन्त्रालयकाअनुसार शुरुमा होटल भत्कँदा ७१ जना पुरिएका थिए । ३८ जनाको सकुशल उद्धार भएको छ ।

china 2

सिन्ह्वाका अनुसार उक्त होटलको दोस्रो तला लुनार नयाँ वर्षयतादेखि मर्मत सम्भार गरिँदै थियो । प्रहरीले होटलका मालिकलाई यतिबेला नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

क्वान्झाउमा हालसम्म ४७ जना कोरोनाबाट संक्रमित भेटिएका छन् । फुजियान प्रान्तभर भने हालसम्म २९६ जना कोरोना संक्रमित भेटिएका छन् । हाल त्यहाँ १० हजार ८१९ लाई क्वारेन्टाइनमा राखिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७