प्रधानमन्त्रीलाई मृर्गौला दिएकी समीक्षाले भनिन्, ‘मामालाई भेट्न मन लागेको छ’


२५ फाल्गुन २०७६, आईतवार
samikchha 1

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृर्गौला दिएकी भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आज ट्वीट गर्दै भान्जी समीक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको उल्लेख गरेका छन् ।

समीक्षाको हालखबर सोध्न समीक्षा रहेको ठाउँमा जाँदा उनले आफू ठिक रहेको तर मामा (प्रधानमन्त्री) भेट्न चाहेको बताएकी थिइन् ।

उनले लेखेका छन्, ‘मैले सोधें कस्तो छ ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ ? एक पटक मामालाई भेट्न मन लागेको छ ।’ साथै उनले भान्जी समिक्षा प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो भिजिटर हुने पनि बताएका छन् ।

उनले आफ्नो भन्दा प्रधानमन्त्रीको चिन्ता गर्ने समीक्षाको भावनाप्रति सम्मान प्रकट गरेको उल्लेख गरेका छन् । ‘तपाई पहिलो भिजिटर हुनुहुनेछ । आफ्नो भन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए ।’

rimal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७