मनाइयाे ११० औं अन्तराष्ट्रिय नारी दिवस


२५ फाल्गुन २०७६, आईतवार
womens day 2

काठमाडाैं, २५ फागुन ।  ११० औं अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

  यस वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नारा रहेको छ । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् ।

  सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयकाविरुद्ध सडकमा आन्दोलन गरेका थिए ।

त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्रा्ष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे । जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक अस्ट्रिया, डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइएको हो ।

  दिवसका अबसरमा आइतबार काठमाडौंको माइतिघर देखि कोटेश्वरसम्म १०–१० जनाको समूह बनाएर प्लेकार्ड प्रदर्शन गरिएको थियो ।   कोरोना भाईरसको त्रास र यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै सरकारद्वारा कुनै प्रकारको भिड तथा जमघट नगर्न आह्वान गरे अनुरुप सानो समूहमा बिभाजन भइ बिभिन्न स्थानबाट प्लेकार्ड प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७