‘महिला रोकिए, संसार रोकिन्छ’ (फोटो फिचर)


२५ फाल्गुन २०७६, आईतवार
march 8

काठमाडौं, २५ फागुन । ११० औं श्रमिक महिला दिवस आज (आइतबार) देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यो दिवसको कार्यक्रम पनि प्रभावित बन्यो । त्यसैले राजधानी काठमाडौंमै पनि ठूलो समूह भेला भएर हुने कार्यक्रमको स्वरुप परिवर्तन गरिएको छ ।
आइतबार अधिकारकर्मीको टोलीले काठमाडौंको माइतीघर, बबरमहल, विजुलीबजार, नयाँ वानेश्वर, मीनभवन, कोटेश्वरलगायतका क्षेत्रमा सानो समूहमा प्रदर्शन गरेको छ ।

आधार फाउन्डेसन, प्रगति नेपालको आयोजना र राष्ट्रिय युनेस्को सचिवालयको सहयोगमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व श्रमिक महिला दिवसको उक्त कार्यक्रम गरिएको हो ।
अशिक्षा, राज्यको उदासीनता र पितृसत्तात्मक सोचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको महिला अधिकारकर्मीहरुले निष्कर्ष निकालेका छन् ।

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा अधिकारकर्मीहरुले संविधानले महिला समानता र अधिकारका कुराहरु स्पष्टसँग उल्लेख गरे पनि राज्यको उदासीनताका कारण कार्यान्वयन हुन नसकिरहेको बताएका छन् ।
हेर्नुस् तस्विरहरु

15 1
14
13
12
11
10
9
8
7
6 1
5
4
3
2
1 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७