केपी ओली थाइल्याण्ड उड्ना साथ प्रचण्डले किन भेटे मोहनविक्रम सिंहलाई ?


२७ पुष २०७४, बिहीबार
prachanda singh f5OWHoNU8q

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भटवार्ता भएको छ ।prachanda singh f5OWHoNU8q

पार्टी एकताका लागि कसरत गरेर एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड उड्ना साथ वाम गठबन्धन विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा दाहाल–सिंहबीच छलफल भएको छ ।

अध्यक्ष दाहाल र सिंहलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेका थिए । भेटमा महामन्त्री सिंह र दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो । भेटमा दुवै नेता राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् । एमाले अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड गए लगत्तै प्रचण्ड र नेता सिंहबीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवम् नेपालको कम्युनिष्ट आन्दोलनका सम्मानित व्यक्तित्व हुन् । भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७