कांग्रेसका ३२ जिल्ला सभापतिको गोप्य भेला


२७ पुष २०७४, बिहीबार
congress

काठमाण्डौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य भेलाले देशभरका जिल्लाका सभापतिको राष्ट्रिय भेला बोलाउन पार्टी सभापतिसँग गरेका छन् ।congress

बुधबार साँझ मेलम्ची पुगेका ३२ सभापतिको गोप्य भेलाले स्थानीय तह, प्रदेश र संघीय संसदमा भोगेको पराजयबारे समीक्षा गर्दै अघि बढ्न सभापतिहरुको राष्ट्रिय भेला गर्नुपर्ने माग गरेको छ ।

भेलाले दुर्गम क्षेत्रमा विकासको काम अघि बढाउनु पर्ने, सभापतिहरुको कोष निर्माण गर्नुपर्ने माग पनि पार्टीमा राख्ने भएको छ । भेलामा सिन्धुपाल्चोक, कैलाली, मनाङ, मुस्ताङ, डोल्पा, कास्कीलगायत ३२ जिल्लाका सभापति आकस्मिक रुपमा भेला भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७