उत्तर कोरियाले जापान सागरतर्फ प्रहार गर्‍यो तीन मिसाइल


२६ फाल्गुन २०७६, सोमबार
korea missile

काठमाडौं, २६ फागुन । उत्तर कोरियाले सोमबार कम्तिमा तीन अज्ञात प्रोजेक्टाइल (मिसाइल) प्रक्षेपण गरेको छ । अमेरिकी र दक्षिण कोरियाली अधिकारीले प्रक्षेपणको जानकारी दिएका छन् ।

‘हाम्रो सेनाले सोमबार विहान उत्तर कोरयिाको ह्यामगियोङ प्रान्तछेउमा रहेको सोन्दोक सागरबाट इस्ट सीतर्फ (पूर्वी सागर) तर्फ तीन अज्ञात प्रोजेक्टाइल प्रहार गरेको पहिचान गरेको छ, ’दक्षिण कोरियाका रक्षामन्त्रीले पत्रकारलाई पठाएको सन्देशमा लेखिएको छ ।’

‘हाम्रो सेनाले अहिले सम्भावित थप प्रक्षेपणमाथि निगरानी गरिराखेको छ र आवश्यक तयारी पनि सुरु गरेको छ’, सन्देशमा भनिएको छ ।

इस्ट सीलाई सी अफ जापान पनि भनिन्छ । अमेरिकी अधिकारीले भने उत्तर कोरियाले चार वटा अज्ञात मिसाइल प्रहार गरेको सञ्चारमाध्यमलाई जानकारी गराएका छन् ।

अघिल्लो हप्ता उत्तर कोरियाले दुई अज्ञात प्रोजेक्टाइल प्रहार भएको थियो । त्यो समय प्रोजेक्टाइल ओनसान नजिकको तटीय सहरबाट कोरियाली प्रायद्वीप र जापानबीचमा प्रहार भएको थियो । यी मिलाइलहरु उत्तर कोरियाको शीतकालिन सैन्य अभ्यासको हिस्सा हुनसक्ने जोइन्ट चिफ अफ स्टाफले बताए ।

अघिल्लो वर्ष, उत्तर कोरियाले १३ पटक मिसाइल प्रक्षेपण गरेको थियो । अमेरिकासँगको आणविक निःशस्त्रीकरण वार्ता रोकिएको समयमा उत्तर कोरियाली कदमले धेरै त वार्ता टुट्ने चिन्ता व्यक्त गरेका थिए ।

यस पटकको नयाँ वर्षको सन्देशमा प्योङयाङले भावि दिनमा ‘नयाँ रणनीतिक हतियार’ प्रदर्शन गर्ने चेतावनी दिएको थियो । विज्ञले ‘नयाँ रणनीतिक हतियार’मा परिस्कृत अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल वा पनडुब्बीबाट प्रहार गरिने ब्यालेष्टिक मिसाइल पर्न सक्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७