प्रधानमन्त्री दुई–चार दिनमा डिस्चार्ज हुनसक्ने, आरामको खाँचो


२६ फाल्गुन २०७६, सोमबार
kp sharma oli pm

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल महारजगञ्जले जनाएको छ ।

गत बुधबार दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिंदै अहिले नियमित खानपान, हिंडडुल र व्यायमलाई निरन्तरता दिएको अस्पतालले बताएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वस्थ्य अवस्थामा राम्रो सुधार भए पनि डिस्चार्जबारे कुनै निर्णय भइनसकेको बताएका छन् ।

pm health

‘प्रधानमन्त्रीको नियमित चेकअप भइरहेको छ’ कार्यकारी निर्दैशक प्राडा खड्गाले भने, ‘जुन दिन डिस्चार्ज गर्ने हो, त्यतिबेलै डिसाइड गर्छाैँ र जानकारी दिन्छौं । अहिले नै कहिले गर्ने भन्ने छैन ।’ उनले भने, ‘दुई–चार दिनमा डिस्चार्ज दिन सकिने गरी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको छ । तर, आरामको भने खाँचो छ ।’

उनले प्रधानमन्त्रीलाई उपचारमा संलग्न डाक्टरहरुले मात्रै भेटघाट गरिरहेको र त्यस बाहेक अरु कसैलाई पनि भेटघाट गर्न नदिइएको जानकारी दिएका छन् । ‘उहाँको उपचारमा संलग्न चिकित्सक बाहेक अरु कसैलाई भेट्न दिइएको छैन’, उनले भने ।

उनले आफ्नो कक्ष नजिकै शुभकामना कक्ष राखिएको र भेटघाट गर्न आउने अन्य व्यक्तिहरुले त्यहीबाट शुभकामना दिएर फर्कने जानकारी दिएका छन् । प्रधानमन्त्रीको उपचार खर्चका बारेमा पत्रकारले सोधको प्रश्नमा कार्यकारी निर्देशक खड्काले यसबारे केही दिनपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि गत सोमबार अस्पताल भर्ना भएका थिए । उनको बुधबार मिर्गौला प्रत्ष्यारोपण गरिएको हो । १२ वर्षअघि उनको भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनलाई भान्जी समीक्ष संग्रौलाले मिर्गौला दिएकी हुन् । प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७