कतारमा नेपाली यात्रुलाई प्रतिबन्ध


२६ फाल्गुन २०७६, सोमबार
coronavirus

काठमाडौं, २४ फागुन :  कतारले सोमवारबाट लागु हुनेगरी नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा आवागमनमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिएपछि कतारले नेपाल सहित चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो।

प्रतिबन्धपछि कतार उडान भर्दै आएको नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र कतार एअरवेजको उडान प्रभावित हुने भएको छ । कतार नेपाली श्रमिकहरुको लागि प्रमुख गन्तव्य मुलुक हो । कतारमा तीन लाख ६० हजारभन्दा बढी नेपालीहरू कार्यरत रहेको परराष्ट्र मन्त्रालयको विवरणमा छ ।

प्रतिबन्धपछि नेपालको राष्ट्रिय ध्वजावाहकले यात्रु लिनका लागि मात्र सोमवार उडान गर्नेछ । आइतवारसम्म कतारमा १५ जनामा कोरोनाभाइरस भेटिएको छ ।

 

qatar Nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७