कोरोनाबाट विभिन्न देशमा चार हजार बढीको मृत्यु, एक लाख १४ हजार संक्रमित

इटालीमा कोरोनाको अत्यासलाग्दो संक्रमण, देशका सबै नाका बन्द


२७ फाल्गुन २०७६, मंगलवार
korona baby 2

काठमाडौं, २७ फागुन । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) को संक्रमण चीन बाहिर इटालीमा अत्यासलाग्दो रुपमा फैलिएको छ ।

इटालीमा कोरोनाका संक्रमण तीब्र भएपछि सरकारले देशका सबै नाका बन्द गरेको छ । इटलीमा गएको २४ घण्टामा थप ९७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार सय ६३ पुगिसकेको छ । यस्तै सङ्क्रमितको संख्या ९ हजार १७२ पुगेको इटली सरकारले पुष्टि गरेको छ ।

कोरोना संक्रमणको उच्च गतिमा फैलिन थालेपछि अहिले इटलीको सबै २० वटा प्रान्तमा आपत्कालीन अवस्था बाहेक हिंडडुलमा प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरिएको बीबीसीले जनाएको छ ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आपत्कालिन अवस्था बाहेक कोही पनि घरबाट बाहिर ननिस्कन र समाजका कमजोर सदस्यको रक्षा गर्दै भाइरसको संक्रमण रोक्न सरकार लागिपरेको बताएका छन् ।

चीनको वुहानबाट शुरु भएर ११३ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख १४ हजारभन्दा धेरैमा संक्रमण भएको छ । तीमध्ये ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने चार हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

844685 01 02

चीनमा नयाँ सक्रमण र ज्यान गुमाउनेको संख्या घटिरहेको भए पनि अहिले अन्य देशमा सङ्क्रमण फैलने क्रम बढेको छ । इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, जर्मनी, बेलायत, जापानलगायतका देशमा सङ्क्रमण फैलने क्रम बढिरहेको बीबीसीले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै इटलीका सबै खेलकुद गतिविधि स्थगित गरिएको छ । प्रधानमन्त्री ज्युसेप कोन्टेले आउँदो अप्रिल ३ गतेसम्मका खेलकुद गतिविधि स्थगित गरेको घोषणा गरे । भाइरसको संक्रमण नियन्त्रणमा नआएमा समय लम्बिन सक्ने जनाइएको छ ।

इटालीका सबै खेलकुद गतिविधिहरु स्थगित गरिए पनि क्लबले र देशले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भने नियमित समयमै सञ्चालन हुनेछ । प्रधानमन्त्री कोन्टेले इटलीमा सभा सम्मेलनमा पनि प्रतिबन्धको घोषणा गरेका छन् । यसअघि इटलीको ओलम्पिक कमिटीले सबै खेलकुद कार्यक्रमहरु स्थगित गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७