काठमाडौं उपत्यकाबाट सात बालकको उद्धार


२७ फाल्गुन २०७६, मंगलवार
balak resque

काठमाडौं, २७ फागुन । काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपास क्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन् ।

ही फागुन ४ र १९ गते गरिएको अनुगमनको क्रममा १४ वर्षमुनिका बालकलाई मजदूर (कामदार) को रुपमा प्रयोग गरिएको पाइएको हो । मकवानपुर, दाङ र प्यूठानका ती बालकलाई उद्धार गरी बाल उद्धार नेपालको स्थानीय साझेदारी संस्था ईस्थर वेन्जामिन स्मृति फाउण्डेसनको अल्पकालीन स्याहार केन्द्रमा पठाइएको छ ।

बाल उद्धार नेपालका प्रमुख जमुना श्रेष्ठ भट्टराईले ती बालकको परिवारमा सम्र्पक गरी बालकलाई आधिकारिक रुपमा हस्तान्तरण गरिने जानकारी दिए । बालबालिकाको अधिकार, संरक्षण र शिक्षाको क्षेत्रमा क्रियाशील हुँदै आएको उक्त संस्थाले करिब २० वर्षदेखि नेपालको बालबालिकामाथि हुने श्रम शोषणका समाचार तथा सूचनाका आधारमा उनीहरुको उद्धार गर्दै आएको छ ।

संस्थाले सरकारी कार्यालयका साथै विभिन्न बाल अधिकार संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी, स्थानीय, सरोकार निकायसँग समन्वय गरी उद्धार, स्याहार तथा जनचेतनाको कार्य गर्दै आएको प्रमुख भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७