चिनियाँ राष्ट्रपति सी आफै कोरोना भाइरसको ‘इपिसेन्टर’ वुहानमा, प्रभावित क्षेत्रको बुझे अवस्था

चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएर घर फर्किए : विश्व स्वास्थ्य संगठन


२७ फाल्गुन २०७६, मंगलवार
buhan

बेइजिङ, २७ फागुन । चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरसको उद्गमस्थल (इपिसेन्टर) वुहान पुगेका छन् ।

कोरोनाको संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानी वुहानबाट कोरोनाको संक्रमण शुरु भएको थियो ।

कोरोनाको संक्रमण घट्दै गएपछि राष्ट्रपति सी वुहान पुगेका हुन् । उनले वुहानमा प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । उनले वुहानका स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएर घर फर्किए : विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा कोरोना भाइरसबाट संक्रमित भएका ८० हजार विरामीमध्ये ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् ।

korona 5

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससका अनुसार अत्यधिक कोरोनाभाइरस प्रभावित देशमध्ये चीन अहिले प्रकोप नियन्त्रणको मार्गमा अघि बढिरहेको छ । टेड्रोसले निर्णायक र शिघ्र कदमबाट कोरोना भाइरसको संक्रमण घट्ने बताए ।

‘जुन देशले कोरोना भाइरसका नयाँ संक्रमितको पहिचान गर्न र तिनको सम्पर्कमा आएका व्यक्तिको पहिल्याए प्रयास गरेका छन्, तिनले विश्वलाई नै योगदान पुर्‍याउने छन्,’ टेड्रोसले भने । उनले विश्वका सबै देशलाई वृहत समन्वयातत्मक रणनीतिमार्फत प्रकोप नियन्त्रणको प्रयास थाल्न आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७