स्वास्थ्यमन्त्रीले भने, ‘अब सरकारले क्वारेन्टाइनमा राख्दैन, आफै बस्नु पर्छ’

कोरोनाको प्रकोप देखिए थेग्न नसक्ने अवस्था


२७ फाल्गुन २०७६, मंगलवार
bhanubhakta dhakal 1

काठमाडौं, २७ फागुन । हालसम्म चार नेपालीमा मात्र कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसरी कोरोना भाइरसबाट संक्रमित हुनेमा एक जना नेपालमै रहेका र तीन जना विदेशमा रहेका नेपाली छन् ।

नेपालमा कोरोना संक्रमित भएका व्यक्ति पनि टेकु अस्पतालमा उपचार गराएपछि निको भएर घर फर्किसकेका छन् । नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको उच्च जोखिमयुक्त देश हो । नेपालका कोरोना भाइरसबाट कुनै खतराको अवस्था सिर्जना भइनसकेको भए पनि अहिलेसम्म चार नेपालीका कोरोना भाइरस भएको पुष्टि भइसकेको छ ।

चीनबाट फर्किएका एक नेपालीलाई ज्वरो आएपछि टेकु अस्पतलामा जाँच गराउँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । तर, उपचारपछि उनी अहिले पूर्ण स्वस्थ भएर काममा फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै यूएई (दुवई) मा दुई जना र अस्ट्रेलियमा एक नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४४१ नेपालीर्को याल र रगतको नमूना परीक्षण गराएका छन् ।

उनीमाथि गरिएको परीक्षमा कोरोनाको कुनै संकेत नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । यो संख्या चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपाली समेतको भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटा भन्छन्, ‘हिजो (सोमबार) साँझसम्मको रिपोर्टअनुसार ४४१ जनाको परीक्षण गरियो, त्यसयता थप शंकास्पद व्यक्ति भर्ना भएका छैनन् ।’

अब सरकारले संक्रमितलाई क्वारेन्टाइनमा राख्दैन, आफै व्यवस्था गर्नुपर्छ : स्वास्थ्यमन्त्री
सरकारले चीनबाट उद्धार गरेर ल्याएका १७५ जनालाई भक्तपुरको खरिपार्टीस्थित क्वारेन्टाइनमा १४ दिनसम्म राख्यो । १४ दिनको क्वारेन्टाइनपछि उनीहरुमा कोरोना संक्रमण नदेखिएपछि घर फर्किसकेका छन् ।

अहिलेसम्मको अवस्थामा नेपालमा कोरोना भाइरसबाट प्रभावित कोही पनि बिरामी देखिएका छैनन् । तर, कोरोनाको आशंकामा स्वास्थ्य जाँच गराउनेहरु कम मात्रामा छन् । नेपालमा कोरोना भाइरसको प्रभाव भने निकै परेको छ । कोरोनाको प्रभावका कारण नेपालको धेरैजसो क्षेत्रमा असर देखिन थालेको छ ।

यसैबीच नेपालमा कोरोनाले अहिलेसम्म कुनै खतरा उत्पन्न गराइ नसकेको भने सरकार भने कोरोनाबाट ‘कायल’ बनेको छ । सरकारलाई भक्तपुरमा १७५ जनालाई क्वारेन्टानमा राख्नु नै बोझिलो सावित भएको छ । जसको संकेत आज (मंगलबार) स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अभिव्यक्तिले पनि पुष्टि गरेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी अब कसैलाई नराख्ने स्पष्ट बताएका छन् । तर उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।


ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनले जानकारी गराए ।  कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मामा सरकारले लिने मन्त्री ढकालले बताए । ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरिपाटी क्वारेन्टाइन्मा राख्ने व्यवस्था गर्ने उनको भनाइ छ ।

‘विभिन्न आठ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा सात दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुन्छ । १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’, उनले थपे, ‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौं । अब सेल्फ क्वारेन्टाइनमा मान्छेहरु बस्नु पर्छ ।

डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो । दिनैपिच्छे ज्वरु आएको छ–छैन भन्ने नाप्न सकिहाल्छ । कति दूरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौँ ।’

मन्त्री ढकालले नेपालमा समस्या देखिए क्वारेन्टानमा राखेर पनि उपचार गर्न सरकार तयार रहने पनि विदेशमा संक्रमित भएका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकार असमर्थ हुने स्पष्ट जनाउ दिएका छन् ।

युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कबाजीमा सूचना सम्प्रेसण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि आग्रह गरेको छ ।

विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य चेकजाँचको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस संक्रमित देशबाट नेपाल आउने जोकोहीलाई क्वारेन्टाइन्मा राख्ने व्यवस्थाले मात्रै संक्रमण नफैलने सुनिश्चिता गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले बताएका छन् ।

yubasangh Keq1oEYRMZ

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स जर्मन इटाली र इरान लगायतका मुलुकबाट आउने यात्रुहरुलाई कडाइ गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि अस्पतालमा चेकजाँच गर्न जानेहरुको संख्या भने बढिरहेको छ ।

कोरोनाको प्रकोप देखिए थेग्न नसक्ने अवस्था
कोभिड–१९ को प्रकोप देखिए राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपकरण र जनशक्तिले थेग्न नसक्ने अवस्था छ ।

कुनै न कुनै ठाउँबाट सहारा दिनुपर्ने र जनशक्ति बढाउनुपर्ने स्थिति रहेको त्यहाँ कार्यरत प्राविधिकहरू बताउँछन् । प्रयोगशालामा कोभिड–१९ परीक्षणका लागि दैनिक एक–दुई नमुना आउने गरेको छ ।

‘हाल हामी दिनहुँ करिब एक सय र सातामा पाँच सय नमुना परीक्षण गर्न सक्ने स्थितिमा छौं,’ प्रयोगशालाकी निर्देशक डा. रुना झाले भनिन्, ‘अहिलेको कोभिड–१९ परीक्षणमा पाँच जना मात्रै खटिएका छन्, जनशक्ति ज्यादै न्यून छ ।’

हाल करिब एक हजार पाँच सय जनाको नमुना परीक्षण गर्न सक्ने रसायन मात्र प्रयोगशालामा छ । एक जनाको परीक्षण गर्दा करिब १०–१५ हजार र समूहमा गर्दा चार–पाँच हजार रुपैयाँ खर्च हुने डा. झाले जानकारी दिइन् ।

जनस्वास्थ्य विज्ञहरूले भने संक्रमण फैलिए पूर्वतयारी अभावमा ‘सिस्टम’ नै अस्तव्यस्त हुने चेतावनी दिएका छन् । सरकारले प्रयोगशाला परीक्षणमा समेत पर्याप्त पूर्वतयारी नगरेको उनीहरूले गुनासो गरेका छन् ।

‘एक्कासी पाँच–सात सय जनाको कोरोना परीक्षण गर्नुर्पयो भने हाम्रो सिस्टम नै ध्वस्त हुन्छ,’ पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक एवं वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले भने, ‘अन्य मुलुकमा हजारौं परीक्षण भइरहेका छन्, हाम्रो तयारी खोइ ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७