मन्त्री भट्टराई र चिनियाँ राजदूतबीच भेटवार्ता, कोरोना नियन्त्रण पूर्व तयारीबारे छलफल

‘नेपालमा कोरोना भित्रिएको खण्डमा चीनले प्राविधिदेखि औषधिसम्म सहयोग गर्छ’


२७ फाल्गुन २०७६, मंगलवार
yog 3

काठमाडाैं, २७ फागुन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच भेटवार्ता भएको छ ।

भेटमा कोरोना भाइरसको संक्रक्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपाय र पूर्व तयारीको बारेमा कुराकानी भएको हो । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभव बारेमा जानकारी दिएकी थिइन् । राजदूत यान्छीले कोरोना भाइरसको संक्रक्रमणबाट पीडित ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताइन् ।

yog 1

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताइन् । उनले कोरोना भाइरसको संक्रक्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सर्तकता र तयारीको प्रशंसा समेत व्यक्त गरिन् । चीनले कोरोना भाइरसको संक्रक्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको उनको भनाई थियो ।

भेटमा मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुशी व्यक्त गरे । उनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालहरुमा वेडको व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्थालगायतका बिषयमा सरकारले गरिरहेको तयारीको बिषयमा मन्त्री भट्टराईले जानकारी गराएका थिए ।

मन्त्री भट्टराईले कोरोना भाइरसको संक्रमण रोकथामका निम्ति सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिकस्थलहरुमा भेला नगर्न सचेत गराएको बताए । उनले कोरोना भाइरसको बारेमा सञ्चार माध्यमहरुबाट सचेतानामुलक सूचनाहरु पनि प्रवाह गरिएको जानकारी दिए ।

भेट मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, सहसचिव घनश्याम उपाध्यायलगायत मतहतका निकायका प्रमुखहरुको उपस्थिति थियो । भेटमा नेपालस्थित चिनियाँ राजदूताबासका उच्च अधिकारी सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७