बेलायती स्वास्थ्यमन्त्री नै कोरोनाभाइरसबाट सङ्क्रमित


२८ फाल्गुन २०७६, बुधबार
UK Health MinisterNadine Dorries diagnosed with coronavirus

काठमाडौं, २८ फागुन : बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टी भएको छ ।

नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्। कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी ६२ वर्षीया स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन्।

स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्।

स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्। ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ। ६ जनाको मृत्यु भएको छ ।

प्रतिबन्ध लगाइएको इटलीमा मृतकको सङ्ख्या ६३१ पुगेको छ। त्यहाँ एकै दिन १६८ जनाको मृत्यु भएको छ।सङ्क्रमितहरूको सङ्ख्या करिब एक हजार थपिएर १० हजार १४९ पुगेको छ। इटली चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७