पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट


२८ फाल्गुन २०७६, बुधबार
Gokul Baskota

भक्तपुर, २८ फागुन :  पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर बम विस्फोट भएको छ। बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ, भने सिसाहरु पनि फुटेको छ ।

मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको हो।

घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको डेलिभरी भ्यानमा क्षतिग्रस्त भएको छ ।विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्।

Gokul baskota Home

Gokul baskota home bomb

बम विस्फोटका बेला बास्कोटा निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।

प्रहरीले कसले र किन बम विस्फोट गरायो त्यो भने खुलेको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७