अब को-को आउँदैछन् प्रहरीको नेतृत्वमा ?


विश्वमणि सुवेदी
प्रकाशित मिति : March 11, 2020

काठमाडौं, २८ फागुन :  मानौं, गृह मन्त्रालयद्वारा गर्ने भनिएको प्रहरी दरबन्दी कटौती नै भएछ । अनि, त्यसपछिको प्रहरी संगठन कस्तो होला ?

तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल एआइजीमा बढुवा भएपछि डिआइजी दर्जाका २५ मध्ये २२ दरबन्दी रिक्त छन् । अहिले प्रहरीमा सबभन्दा ठूलो लफडा नै यसैमा चलिरहेको छ । भएको दरबन्दीले नपुगेर आकांक्षीहरु मारामार गर्दैछन् । त्यसमाथि तलको व्याचबाट बिनाआवश्यकता डिआइजी बनाइएको छ । भएका डिआइजीमध्ये निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्की एआइजी शैलेससँगै ०४९/१/१ मा भर्ना भएका हुन् ।

सूर्यप्रसाद उपाध्याय आइजी ठाकुर ज्ञवालीसँगै ०४७/३/२५ मा भर्ना भएका र विश्वराज पोखरेल ०४९/१२/११ का हुन् । विश्वराजभन्दा अघिल्लो व्याच (१÷११) का १७ जना एसएसपीमै थन्किएका छन् । घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लालकर्ण र देबबहादुर बोहरा, यी वरियतामा माथि रहेका ९ भाइ हुन्, बाँकी ८ भाइ त जुनियर व्याचको एसएसपीभन्दा पनि मुन्तिर थन्किएका छन् । यसले गर्दा ‘-यांक एण्ड फाइल’ कसरी बिग्रियो भने, यही ब्याचबाट असार २५ गते शैलेस र हरिमध्ये एकजना आइजी हुन्छन् । त्यसपछि त्यही ब्याचका निरज र प्रद्युम्न एआइजी हुँदा यी १७ भाइ एसएसपीमै थन्किन्छन् ।

थाहा छैन, यिनीहरुले जुनियर व्याचका डिआइजीलाई सलाम ठोकेर जागिर खान्छन्, खाँदैनन् ? मानौं, सिनियर एसएसपी रहेका ९ मा ९ भाइ नै यसबीच डिआइजी भएछन् भने पनि सिनियर डिआइजी त विश्वराज नै हुने भए । एक दिनको तलमाथिले त जुनियर, सिनियर हुन्छ भने, विश्वराज ९ भाइभन्दा कम्तिमा ९–१० महिनाले सिनियर हुन्छन् । अहिले गृहले डिआइजीको २५ दरबन्दीलाई कटौती गरेर ७ या १० बनाउने अभ्यास थालेको छ

। यदि ७ दरबन्दी कायम भयो भने राजेशकुमार लालकर्ण र देबबहादुर बोहरा एसएसपीमै घर जानुपर्छ र बाँकीले जुनियरलाई स्यालुट ठोक्दै काँधमा धानको बाला (फुली) भिर्नुपर्छ । बुझिएअनुसार, उनीहरु त्यसरी जागिर खाने पक्षमा छैनन् । बढुवा भएर फुली लगाएको भोलिपल्ट राजीनामा लेखेर निस्कने भन्दैछन् । त्यसमाथि यो व्याचका रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, देवबहादुर बोगटी, राजेन्द्र चौधरी, किशोर दाहाल, शेखर कोइराला र प्रदीप श्रेष्ठ त जुनियर व्याचभन्दा मुनि परेका छन् ।

यसबाट बुझिन्छ– व्यक्तिका लागि -यांक एण्ड फाइल तलमाथि पार्दा फौजी संगठनमा के असर पर्छ । योभन्दा गम्भीर कुरा के छ भने, माथिको दरबन्दी कटौतीको प्रभाव इन्स्पेक्टरसम्म पुग्छ । र, संगठनबाट राजीनामा दिएर जानेहरुको लाइन सम्हालिनसक्नु हुन्छ ।


मानौँ, गृहले डिआइजीको दरबन्दी १० नै कायम गरेछ भने पनि समस्या उही छ । यदि १० दरबन्दी कायम हुने हो भने ०४९/.१/११ का बाँकी ९ भाइ सिनियर नै डिआइजी भएर १२/११ का धिरजप्रताप सिंह, उत्तमराज सुवेदी वा बसन्तकुमार लामामध्ये एकजनामात्र डिआइजी हुन्छन् । यदि यस्तो भयो भने, यो व्याचका १५ जनाले एसएसपीबाटै घर जानुपर्ने खतरा छ । र, १÷११ मा भर्ना भई १२÷११ मुनि परेका डिआइजीले त रहरका लागि १३ महिना जागिर खाएमात्र हो, बढुवा त आकाशको फल भइसक्यो । व्याचीहरु आइजी, एआइजी र डिआइजी हुँदा विचराहरु एसएसपीमा रुँदै घर जाने अवस्थामा छन् ।

यदि सिनियरलाई सलाम ठोक्दिन भन्दै घनश्याम अर्यालहरुले राजीनामा दिएनन्, जागिरमै बसे भने त्यसले पार्ने प्रभाव हेरौँ । एक त विश्वराजको व्याचबाट एकजनामात्र डिआइजी हुने भए । शैलेस थापा र हरि पालमध्ये एकजना आइजी भएपछि उनीहरुले ०७८ वैशाख ११ मा अवकास पाउँछन् । त्यसपछि ११ महिनाका लागि विश्वराज त आइजिपी होलान्, तर शैलेसको व्याचका एसएसपीहरुले डिआइजी भएलगत्तै राजीनामा दिएनन् र विश्वका व्याचीहरु डिआइजी हुन पाएनन् भने नेपाल प्रहरी एआइजीविहीन हुन्छ । किनभने, आइजीका व्याचीहरु एसएसपी नै रहन्छन्, भएका डिआइजी ३० वर्षे लागेर घर गइसकेका हुन्छन् । एसएसपीलाई बढुवा गरेर एकैचोटि एआइजी बनाउन पाइने व्यवस्था प्रहरी ऐनमा छैन ।

यस्तो लफडा प्रहरीका व्याचैपिच्छे छन् । र, यसले अब बन्ने आइजीहरुका हकमा सोझै प्रभाव पार्दैछन् । विश्वराजहरुपछिको व्याच हो, ०५१/१२/५ को । यसमा अहिलेका आइजीका भाइ श्यामलाल ज्ञवालीसहित सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशीहरु छन् । यो व्याचबाट अहिले १० जना एसएसपी छन् ।

बाँकी सबै एसपीमै अड्किएका छन् । बरु, यही व्याचमा आएर ०५२÷५÷११ का दिपक थापा सातौँ वरियताको एसएसपी छन् । उनीभन्दा मुनि अघिल्लो व्याचकी मीरा चौधरी, बुद्धि गुरुङ, किरण बज्राचार्य र पोषराज पोखरेल परेका छन् । ०५२ का इन्स्पेक्टर एसएसपी भइसक्दा ०५१ का आठ भाइ अहिले पनि एसपीमात्रै छन् ।

यो भन्दा तलको व्याचलाई हेर्ने हो भने सबभन्दा ठूलो भद्रगोल छ, ०५८÷४÷१८ का इन्स्पेक्टरहरुको । त्यसबेला ८३ जना इन्स्पेक्टर छनौट भएकामध्ये अहिले १५ जना एसपी छन्, बाँकी सबै डिएसपीमै अड्किएका छन् । १ नं. का इन्स्पेक्टर थिए, भुवेश्वर थापा, २ मा ऋषिराम कँडेल, उनीहरु अहिले पनि डिएसपी नै । ८३ जना इन्स्पेक्टर पासआउट हुँदा ५२ नम्बरमा परेका रमेश थापा यो व्याचबाट १ नम्बरका एसपी हुन् ।

४४ नम्बरमा भर्ना भएका जनार्दन जिसी एसपी हुँदा २ नम्बरमा, ११ नम्बरका कृष्ण कोइराला ३ नम्बरमा, ३ नम्बरमा भर्ना हुने हेमकुमार थापा र ४ का अजय केसी एसपी हुँदा व्याचभित्र ११ र १२ औँ नम्बरमा परेका छन् ।

व्याचका १, २, ६ देखि १० नम्बरसम्मका अफिसर डिएसपी नै हुँदा ७४ नम्बरका कमल थापा, ६९ नम्बरकी रञ्जु सिग्देल, ५७ नम्बरका प्रकाश रानाभाटहरु एसपी भइसके । यस्तो विभेद प्रहरीको अघिल्लादेखि पछिल्ला व्याचसम्म देखिन्छ, जसका कारण संगठनमा सुस्तता, आदेश पालनामा लापरवाही र कर्तव्यनिष्ठतामा कमी आएको जानकारहरुले ठहर गरेका छन् ।

त्यसअघि ०५६/३/३ मा भर्ना भएका २७ जना एसपी छन् । भर्नामा अलराउण्डर फस्र्टम्यान आभूषण तिम्सिनाचाहिँ २७ मध्ये २० औँ नम्बरमा पुगेका छन् । इन्स्पेक्टरबाट डिएसपी हुँदा एक नम्बरकी गंगा पन्त १५ मा छिन् ।

अल्पकालका आइजीहरु
व्यक्तिकेन्द्रित बढुवाले जन्माएको अर्को विसंगति हो, आइजी बन्ने व्यक्तिको अनिश्चितता र छोटो अवधी । आइजी ठाकुरले अवकास पाएपछि बन्ने १० वटा व्याचका आइजीमध्ये दुईपटक राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरेर आएकाहरुले प्रहरी संगठन चलाउने हिसाब निस्किन्छ । ०७८ चैत ११ देखि ०८१ चैत ५ सम्म (३ वर्ष) का लागि श्यामलाल ज्ञवाली, सन्दीप भण्डारीहरुको व्याचबाट एकजना आइजी हुन्छन् ।

त्यसपछि ५ महिना १० दिन, अर्थात् १ सय ६० दिनका लागि दिपक थापा, टेकबहादुर तामाङ वा भीम ढकालमध्ये एकजना आइजी हुन्छन् । यो टोलीले ०८२ भदौ १८ मा अवधी पूरा गरेपछि अर्को टोली आउँछ, राजेशनाथ बास्तोला, लालमणि आचार्यमध्येबाट । यो टोलीले ६९ दिन आइजीपी चलाएपछि ७० औँ दिनबाट एक वर्षका लागि राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गर्ने टोलीले प्रहरीको आइजिपी, एआइजी र थुप्रै डिआइजी चलाउने छन् ।

०८३ पुस ५ गतेसम्मका लागि सिद्धीविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालकुमार श्रेष्ठ, विमल बस्नेतमध्येबाट आइजी हुन्छन् । यी सबै राअबाट आएका हुन् । त्यसपछि ०८४ चैत १८ सम्मका लागि दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेलमध्येबाट आइजी हुन्छन् । र, फेरि २ सय २८ दिन, अर्थात् ०८५ मंसिर १६ सम्मका लागि राअबाटै सेवा परिवर्तन गरेका श्यामकृष्ण अधिकारीले आइजी चलाउँछन् ।

त्यसपछि सानुराम भट्टराई भएमा ०८६ मंसिर १४ सम्म, ओमप्रसाद अधिकारी, भूपेन्द्र खत्री, आभूषण तिम्सिना, गंगा पन्त, मुकुन्द मरासिनीमध्येबाट भएमा सात महिनाका लागि, अर्थात् ०८६ असार ३ गतेसम्म आइजी हुन्छन् । त्यसपछि आजसम्मको वरियता हेर्दा रमेश थापाको पालो आउँछ, ०८८ साउन १८ सम्मलाई ।
जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्