बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण, जापानमा ३१ र दक्षिण कोरियामा ६१ को मृत्यु


२८ फाल्गुन २०७६, बुधबार
UK Health MinisterNadine Dorries diagnosed with coronavirus 1

काठमाडौं, २८ फागुन । बेलायतका स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उनलाई के कसरी कोरोना भाइरसको संक्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।

बेलायतमा अहिलेसम्म ३८२ जनामा संक्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अष्ट्रेलियामा भने संक्रमितको संख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर संक्रमितको संख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको संख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ ।

यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्व अमेरिकी डलर रकम छुटइएको घोषणा गरेका छन् । उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए ।

यसैगरी दक्षिण कोरियामा थप २४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको संख्या सात हजार ७७५ पुगेको छ ।

त्यसैगरी थप छ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट संक्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।

जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार संक्रमितको संख्या बढेर ५६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको जनाइएका छन् ।

कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिन अगाडिसम्म दैनिक सयाैं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ ।

उता अमेरिकामा संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल संक्रमित संख्या १,००१ पुगेको हो भने मृत्यु हुनेको संख्या २८ पुगेको छ । उनीहरुले वासिङट्नमा २६०, न्यूयोर्कमा १७३, क्यालिफोर्नियामा १४४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको जनाएको छन् । रासस–सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७