पुलिस क्लब रारा गोल्डकपको फाइनलमा


२८ फाल्गुन २०७६, बुधबार
nepal police club scaled

पोखरा, २८ फागुन । विभागीय टोली नेपाल पुलिस क्लबले १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता रुस्लान थ्री स्टारलाई ३–० ले हराउँदै पुलिस उपाधि भिडन्तमा पुगेको हो ।

पुलिसको जितमा निरकुमार राईले २ तथा भरत शाहले १ गोल गरे । खेलमा पुलिसका कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । उनले खेलको आठौं मिनेटमा रवि पासवानको क्रस पासमा अशोक खवासलाई बिट गर्दै वान टचमा गोल गरे ।

त्यसअघि खेलको चौथौ मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा सन्जोक राईको हेडर फस्ट बारबाट बाहिरिँदा थ्री स्टार अग्रता लिनबाट चुकेको थियो । १०औं मिनेटमा भरत साहकै अर्को प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाएका थिए ।

१९औं मिनेटमा सन्जोक राईको क्रसमा आशिष राईको प्रहारलाई अन्जन राईले ब्लक गर्दै सम्भावित बराबरी टार्दा थ्री स्टार बराबरीबाट चुक्यो । ३३औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा सुसान श्रेष्ठको हेडर पासमा सन्जोक राईको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले मुस्किलले बचाउदा थ्री स्टार बराबरीबाट चुक्यो ।

५१औं मिनेटमा नीर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । थ्री स्टारका कप्तान बिक्रम लामाको गल्तीमा बल अघि बढाउदै गरेको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

६३औं मिनेटमम अशोक खवासको क्रस पासमा सन्जोक राईको प्रहार गोलरक्षक रोशन खड्काले पञ्च गर्दै बचाए । ७२औं मिनेटमा नीर कुमार राईले गोल गर्दै पुलिसलाई सहज जिततर्फ र्डोयाए । तेज तामाङको पासमा अनमार्क रहेका निरकुमार राईले गोल गरेन सफल भएका थिए ।

पुलिसले अब फाइनलमा मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७