सनराइज बैंक र जीएमई रेमिटबिच सहकार्य गर्ने गरी सम्झौता


२८ फाल्गुन २०७६, बुधबार
sunriseBank Gmeremit

काठमाडौं, २८ फागुन । सनराइज बैंकले पनि रेमिट्यान्समा अग्रसरता देखाएको छ । बैंकले रेमिट्यान्स सेवा तथा सुविधा प्रदान गर्नका लागि जीएमई रेमिट्यान्ससँग सहकार्य गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिटमार्फत पठाएको रकम जीएमई रेमिटका नेपाल अधिराज्य भर रहेका ८ हजार  भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । सम्पुर्ण ग्राहकले सनराइज रेमिटमार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।

बैंकले हाल १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७