बढुवाका लागि नेताको घरमा एसएसपीको ‘दौडधुप’


२७ पुष २०७४, बिहीबार
lokesh singh

काठमाण्डौं : नेपाल प्रहरीको प्राविधिक निर्देशनालयको रिक्त डीआइजी पदका लागि विवादास्पद एसएसपी लोकेश सिंह वाम गठबन्धनका नेताको घर–घरमा धाउन थालेका छन् ।lokesh singh
देशको शान्ति सुरक्षाको चुस्त प्रवन्ध मिलाउनु पर्ने प्रहरी अधिकारीको यस्तो दौडधुपलाई अहिले धेरैले चासोका साथ हेरेका छन् । प्राविधिक निर्देशनालयको डीआइजी पद पाँच महिनादेखि रिक्त छ । निर्देशनालयका डीआइजी कृष्ण गुरागाई २०७४ भदौमा अवकाश भएपछि उक्त पद रिक्त भएको हो ।

प्रहरी नेतृत्वले ५ महिनादेखि रिक्त डीआइजीमा बढुवा नगरी बिलम्ब गरिरहेको छ । डीआइजी हुने एसएसपी लोकेश सिंह आर्थिक मामलामा ‘गन्हाएका’ कारण पनि आइजीपी प्रकाश अर्यालले बढुवाप्रति चासो नदेखाएको चर्चा प्राविधिक निर्देशनालय चिया गफ मेलो बनिरहेको छ । यसअघि नेपाली कांग्रेस सरकार हुँदा विमलेन्द्र निधि र पूर्व राष्ट्रपति रामवरण यादवको आडमा बढुवा र आकर्षक जिम्मेवारी पाएका लोकेश सिंह वाम गठबन्धन सरकार आउने भएपछि डीआइजी बढुवा हुनका लागि माओवादी केन्द्रका नेता मातृका यादवको फेरो समाउन पुगेका छन् । लोकेश सिंह र मातृका यादव दुवैको घर धनुषा हो ।

उनले शान्ति मिशनमा हुँदा पनि शक्तिको दुरुपयोग गरी निर्देशनालयमा आफू अनुकूलका हाकिमहरु राख्ने गरेको आरोप छ । प्रचण्ड सरकारका गृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधि र पूर्व राष्ट्रपति रामवरण यादवमार्फत दबाब दिएर उनी प्राविधिक निर्देशनालयमा रवाफ जमाउँदै आएका छन् । क्षेत्रीय प्रहरी कार्यालय र हाल प्रदेशमा प्राविधिक प्रहरी अधिकृत खटाउँदा उनले आफूलाई जसले बजेटको २० प्रतिशत कमिसन दिन्छ उसैलाई मात्र खटाउँछु भन्ने गरेको गुनासो मातहतले गर्दै आएका छन् ।

२०५२ सालमा माओवादी जनयुद्ध शुरु भएपछि देशभरका प्रहरी संरचना ध्वस्त गरिए । त्यसपछि २०६२/०६३ मा शान्ति कोषबाट धेरै ठाउँमा प्रहरी युनिटहरु निर्माण भए । चालु आर्थिक बर्षदेखि पुनर्निर्माण कोषको अवधि सकिएको छ । दाताहरु पुनर्निर्माण कोषबाट अलग भईसकेका छन् । अहिले नेपाल सरकारको आन्तरिक बजेटले प्रहरीका करीब ७२ वटा प्रहरी युनिट निर्माण कार्य भईरहेका छन् । त्यसबाहेक करीब १५ वटा भवनमा डीएफआइडीलगायतका दाताहरुले डेढ–दुई करोडका भवनहरु बनाईरहेका छन् । ती सबै युनिट निर्माणको अनुगमन प्राविधिक निर्देशनालयले गर्दछ । निर्देशनालयको प्रमुख डीआइजी हुन्छन् । प्राविधिक निर्देशनालय अन्तर्गत आवास तथा भौतिक योजना महाशाखा छ । प्राविधिक निर्देशनालयमा इन्जिनियर र ओभरसियरहरु हुन्छन् । जसले निर्देशनालय अन्तर्गत बाहेक कहीं सरुवा हुनु पर्दैन । त्यसका प्रमुख हुन् एसएसपी लोकेश सिंह ।

एसएसपी सिंहले शक्तिको आडमा डीएसपी हुँदादेखि हेड क्वाटरमा रजाई गर्दै आएका छन् । उनले एसपी भएपछि निर्माण हेर्ने जिम्मेवारी पाए । निर्माणको जिम्मा पाउनेको कमाइ आकर्षक हुने भएकाले सबैले त्यसमा आँखा गाड्ने गर्दछन् । एसपी हुँदा निर्माणमा बसेर मिशन गए । एक बर्ष मिशनमा बसे । डीएसपी हुँदादेखि ठेक्कापट्टामा २० प्रतिशत घुस उठाउने काम लोेकेश सिंहले गर्दै आएका थिए । घुस संकलन गरी डीआइजी कृष्ण गुरागाईदेखि त्यसअघिका नेत्र आचार्यलाई समेत दिने गरेकै कारण उनलाई उक्त कामको जिम्मा दिइएको थियो । तर, प्रकाश रञ्जित डीआइजी हुँदा भने उनलाई छुट दिएनन् ।

मिशनमा जाँदा पनि प्राविधिक महाशाखामा लोकेशको हैकम चल्यो । लोकेश विदेश गएपछि एसपी फणिन्द्र बरालले निर्माण हेर्ने जिम्मा पाएका थिए । तर, उनले मिशनबाटै शक्ति प्रयोग गरी ४ महिना पनि टिक्न नदिएर अर्का एसपी रामकुमार चौधरीलाई ल्याएका थिए । चौधरी लोकेश सिंहका विश्वासपात्र भएकाले निर्माणमा ल्याए । मिशनबाट फर्केर आएपछि महाशाखा प्रमुख आफैैं भएपछि उनले निर्माणमा चौधरीलाई नै राखेर ठेक्काबाट कशिसन बटुलिरहेका छन् ।

प्राविधिक निर्देशनालय अन्तर्गत प्रदेशपिच्छे प्राविधिक अधिकृत हुन्छन् । ती प्रदेशमध्ये सबैभन्दा बढी बजेट भएका प्रदेश नम्बर १, २ र ३ मा लोकेश सिंहले आफ्ना विश्वासिला डीएसपी र इन्स्पेक्टरलाई खटाएका छन् । उनले डीएसपी इश्वर थापालाई पूर्व खटाएका छन् । २ नम्बर प्रदेशमा निरञ्जनकुमार सिंहलाई पठाएका छन् । ३ प्रदेशमा इन्स्पेक्टर अनिल राना, ४ नम्बर प्रदेशमा शरणदास ढकाल, ५ नम्बर प्रदेशमा मा रोशन सारुमगर, ६ नम्बर प्रदेशमा चतुृर्भुज बोहरा, ७ नम्बर प्रदेशमा शंकर सिलवाललाई खटाएका छन् । ७५ वटा भवन निर्माणका प्रोजेक्टमा सबैभन्दा १, २ र ३ मा बढी छन् । यी तीन वटै प्रदेशमा लोकेश सिंहले आफूलाई कमिसन दिनेहरुलाई मात्र खटाएको आरोप छ ।

सबैभन्दा बढी बजेट भएका प्रदेश नम्बर १, २ र ३ मा लोकेश सिंहले आफ्ना विश्वासिला डीएसपी र इन्स्पेक्टरलाई खटाएका छन् । उनले डीएसपी इश्वर थापालाई पूर्व खटाएका छन् । २ नम्बर प्रदेशमा निरञ्जनकुमार सिंहलाई पठाएका छन् । ३ प्रदेशमा इन्स्पेक्टर अनिल राना, ४ नम्बर प्रदेशमा शरणदास ढकाल, ५ नम्बर प्रदेशमा मा रोशन सारुमगर, ६ नम्बर प्रदेशमा चतुृर्भुज बोहरा, ७ नम्बर प्रदेशमा शंकर सिलवाललाई खटाएका छन् ।

केन्द्रमा रामकुमार चौधरीलाई राखेका छन् भने बढी बजेट भएका ठाउँमा विश्वासपात्र पठाएका छन् । कपिल सिंह भन्ने सई दर्जाका ओभरसियरलाई उनले देशभर सबै निर्माण हेर्ने गरी खटाएका छन् । उनी प्राविधिक निर्देशनालयमा निर्माण हेर्ने भन्दा पनि लोकेश सिंहका कमिसन संकलन गर्ने घुमुवाका रुपमा चिन्छन् ।

लोकेश सिंह, रामकुमार चौधरी र उनको टीमलाई काम गुणस्तरहीन भए पनि कमिसन २० प्रतिशत दिनुपर्ने बाध्यता ठेकेदारहरुलाई छ । अन्यथा पास नै नगर्ने भएपछि ब्यावसायीहरु घुस दिन बाध्य हुने गरेका छन् । उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा भरतपुर तालिम केन्द्रमा रहेको नयाँ भवन निर्माणका क्रममा निरीक्षण गर्दा धेरै त्रुटि देखिएपछि प्राविधिक महाशाखाका लोकेश सिंहलाई यस्तो बेढङ्गी भवन किन निर्माण गरेको, सामान्य घर बनाउन पनि नजान्ने यत्रा इन्जिनियर प्रहरीले किन पाल्नु प¥यो ? भन्दै रुष्ट भएका थिए । त्यसपछि सिंहले प्रहरीमा एसपी रहेकी श्रीमती पूजा सिंहलाई भनेर शक्ति केन्द्रबाट आइजीपी अर्याललाई फोन गराई पावर देखाउन खोजेका थिए । तर, त्यो फोनपछि अर्यालले शक्ति प्रयोग गर्ने भन्दै उनलाई थर्काएको प्राविधिक प्रहरी महाशाखामा चर्चा चल्ने गरेको छ ।

यसरी शान्ति कोषदेखि अहिले आन्तरिक स्रोतसम्मबाट देशभरका कार्यालय निर्माण गर्ने क्रममा एसएसपी लोकेश सिंहले अकूत सम्पत्ति आर्जन गरेका छन् । उनका विरुद्ध आयभन्दा बढी सम्पत्ति आर्जन गरेका उजुुरी अख्तियारमा थुप्रै परेका छन् । तर नेपालमा भ्रष्टाचार गरेको सबै रकम उनले भारतीय बैंकमा जम्मा गरेका कारण अख्तियारले केही फेला पार्न नसकेको समाचार स्रोत बताउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७