अर्यालले अख्तियार प्रमुखका सहयोगीलाई किन भेटे ?


२७ पुष २०७४, बिहीबार
upendra kanta aryal

काठमाडौं : भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले प्रमुख आयुक्त दिप बस्नेतका प्रेस संयोजकलाई भेटेर सेटिङ मिलाएको खुलासा भएको छ ।upendra kanta aryal

अख्तियार स्रोतका अनुसार पुस २४ गते दिउसो अर्यालले प्रेस संयोजक भवानी सुवेदीसँग नक्सालको एक रेष्टुरेन्टमा गोप्य भेटवार्ता गरेका हुन् । जसलाई लिएर अख्तियारभित्र विरोध शुरु भइसकेको छ । अनुसन्धानको दायरामा तानिएका र अख्तियारमा बयान दिइरहेका जो कोहीसँग पनि अख्तियारका कुनै पनि कर्मचारीले बाहिर भेट गर्न नमिल्ने आचारसंहिता हुँदा हुँदै सुवेदीले भने अर्यालसँग भेटेर आफ्नो मर्यादाकै खिल्ली उडाएका छन् ।

निलम्वित पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की र भारतिय राजदूतावाससँग नजिक रहेका सुवेदी अख्तियारमा ‘पावरफूल’ कर्मचारीका रुपमा चिनिन्छन् । स्रोतका अनुसार आफ्नो मुद्दा मिलाईदिएको खण्डमा आकर्षक उपहार दिने आश्वसन दिएर अर्यालले सुवेदीलाई प्रभावमा पारेका छन् ।

मुद्दा मिलाएर अख्तियारकै आयुक्त बन्ने लक्ष्य बोकी हिंडेका अर्यालमाथि पदिय दुरुपयोग गरी झण्डै पाँच करोड रुपैयाँ (गैर कानुनी सम्पत्ति) आर्जन गरेको अभियोगमा अख्तियारले छानविन गरिरहेको छ । फागुनको पहिलो साता अख्तियार प्रमुख बस्नेतको पदावधि सकिने भएपछि रिक्त रहने आयुक्त पदमा जान अर्यालले आफ्नो मुद्दा मिलाउन खोजेका हुन् । पछिल्लो समय अख्तियारकै आयुक्त नविन घिमिरे आफूमाथि पूर्वाग्राहि रुपमा लागि परेको भन्दै अर्यालले घिमिरे विरुद्धसमेत विभिन्न नेताहरुकहाँ लविङ गरिरहेका छन् ।

बस्नेतको ठाउँमा घिमिरे प्रमुख आयुक्त बन्ने पक्का पक्की भएपछि बस्नेत जानु अघि नै मुद्दा मिलाउने डिजाइनमा अर्याल लागि परेका हुन् । उता, अर्यालले बुझाएको सम्पत्ति विवरण चित्त बुझ्दो नदेखिएपछि अख्तियारले पटक–पटक बयान लिई अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।

अर्यालले हुन्डी कारोबारी पवन सरीयाको समूहसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेको उजुरीमाथि पनि अख्तियारले अनुसन्धान गरिरहेको छ । अर्यालले सिन्धुलीको दुधौलीदेखि भक्तपुरको सूर्यविनायकमा आफन्तको नाममा भ्रष्टाचारबाट आर्जन गरेको रकमले सयौं रोपनी जग्गा खरिद गरेको अनुसन्धानका क्रममा खुलिसकेको छ । अर्यालले सम्पत्ति विवरणमा पुख्र्यौली घर सिराहाको आँप बिक्री गरी आर्जित सम्पत्ति भनेर उल्लेख गरे पनि त्यसमा कुनै मेल नखाएको खुलेको छ ।
अख्तियारका निलम्वित पूर्व प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा कार्कीका सम्धी रोहीणी थपलियालाई प्रहरीको सामान खरिदको टेण्डर दिंदा कमिसन खाएको विषयमा पनि अर्यालमाथि अनुसन्धान भइरहेको स्रोतले बतायो । प्रहरीको लत्ता कपडा र रासन खरिदमा समेत ठेकेदारबाट अर्यालले एक पूर्व एआईजी मार्फत करोडौं कमिसन बुझेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

बढुवाको तनावले आईजीपी प्रकाश अर्याल विदामा
प्रधानमन्त्री शेरबहादुर देउवाले एसएसपीहरुको बढुवामा संख्या थप गर्न दबाब दिएपछि तनावमा परेका प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल विदामा बसेका छन् । प्रहरीमा चार जना डिआईजीको पद रिक्त रहेको अवस्थामा प्रधानमन्त्री पत्नी आरजु राणाको दवाव थेग्न नसकेपछि देउवाले संख्या नै थपेर नौ जना एसएसपीलाई डिआईजीमा बढुवा गराउन खोज्दा आईजीपी अर्यालले अस्वीकार गरेका थिए ।

अर्याल पछिल्लो समय शारिरिक रुपमा अस्वस्थ्य समेत बनेका छन् र तनाव छल्न उनी विदामा बसेको हेडक्वार्टर स्रोतले बतायो । अर्याल विदामा बसेपछि एआईजी बमबहादुर भण्डारी निमित्त आईजीपी बनेका छन् । एसएसपीहरु केदार रिजाल, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, दिपक थापा, श्यामबहादुर खत्री, दानसिंह बोहोरा, दिनेश अमात्य, सुवास चौधरी, रविन्द्र शर्मा र सुशील भण्डारी डिआईजी बढुवाका आकांक्षी हुन् ।

यि मध्ये अमात्य र चौधरीले आरजुमार्फत बढुवामा आर्थिक चलखेल गरेको थाहा पाएपछि आईजीपी अर्याल उनीहरुसँग रुष्ट बनेका छन् । चौधरीले कांग्रेस नेता विजयकुमार गच्छदारमार्फत चलखेल गरिरहेका छन् । बढुवामा कार्यदक्षता र योग्यताको मापदण्ड भन्दा पनि आरजुले पैसालाई नै प्राथमिकतामा राखेर संख्या बढाउन लागेपछि प्रहरीमा रडाको मच्चिएको हो ।

युनाइटेट पाेष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७