लिभरपुललाई हराउँदै एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटर फाईनलमा


२९ फाल्गुन २०७६, बिहीबार
liverpool and atletico madrid hBrrEknbXZ.jpg.360x240 q75 crop smart upscale

काठमाडौं, २८ फागुन । लिभरपुललाई पाखा लगाउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटर फाईनल प्रवेश गरेको छ ।

गए राति लिभरपुलको मैदानमा भएको राउण्ड अफ सिक्सटिनअन्तर्गत दोस्रो लेगको खेलमा एथ्लेटिको अतिरिक्त समयमा विजयी भयो ।

स्पेनमा भएको पहिलो लेगको खेलमा एथ्लेटिको १–० ले विजयी भएको थियो । बुधबार दोस्रो लेगको निर्धारित ९० मिनेटसम्म लिभरपुल १–० ले विजयी भएपछि एग्रिगेटमा खेल १–१ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको समयमा लिभरपुलले १ गोल गर्दा एथ्लेटिकोले ३ गोल ग¥यो ।

भ्रमणकारी टोलीका लागि मार्कस लोरेन्तेले दुई तथा अल्भारो मोराटाले एक गोल गरे । पराजित टोली लिभरपुलका लागि भने जर्जीनियो वहाल्दम र रोबर्टो फर्मीनोले एक एक गोल गरेका थिए ।

अतिरिक्त समयको खेलपछि समग्रमा ४–२ को जित निकाल्लै एथ्लेटिको विजयी हुँदा साविक विजेता लिरभपुलको यात्रा रोकियो । बुधबारराती भएको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डलाई २–० ले हराउँदे फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि क्वाटर फाईनलमा पुगेको छ ।

पहिलो लेगमा डर्टमण्डसँग भोगेको २–१ को हार उल्टाउँदै पिएसजी समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो । फ्रान्समा कोरोना संक्रमणको त्रास बढेपछि यो खेल दर्शक विना खाली रंगशालामा खेलाइएको थियो ।

च्याम्पियन्स लिग फुटबलमा जर्मनीको आर.बी लेप्जीग र इटालीको एटलान्टा पनि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरिसकेका छन् । क्वाटर फाईनल पुग्ने बाँकी ४ वटा टोलीहरुको टुंगो अर्को साता लाग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७