बलात्कारको मुद्दामा चर्चित फिल्म निर्माता दोषी ठहर, २३ वर्ष कैद फैसला


२९ फाल्गुन २०७६, बिहीबार
p086c43v

न्यूयोर्क, २८ फागुन । बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर चर्चित हलिवुड फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ ।

न्यूयोर्कको एक अदालतले कुनै समयमा हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको हो । गत महिना बलात्कार र यौन आक्रमणका अभियोगमा उनी दोषी पाइएका थिए । अदालतको पछिल्लो फैसलालाई ‘मीटू’ अभियानका सदस्यहरूले स्वागत गरेका छन् ।

६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए । उमेर र चलचित्र उद्योगमा उनको योगदानको कदर गर्दै सजाय घटाउनु पर्ने माग वाइन्स्टिनका वकिलहरूको थियो ।

उनीहरूले पाँच वर्ष सजाय नै उनका लागि जन्मकैद सरह हुने तर्क गरेका थिए। तर अभियोजनकर्ताहरूले त्यसको विपक्षमा पैरवी गर्दै उनीविरुद्ध अधिकतम सजाय हुनुपर्ने माग गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७