अभिनेता टम ह्यांक्स दम्पतीलाई कोरोना संक्रमण, गराए यस्तो जानकारी


२९ फाल्गुन २०७६, बिहीबार
1583992754tom and rita

काठमाडौं, २९ फागुन । हलिउड अभिनेता टम ह्यांक्स दम्पतीलाई कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

ह्यांक्स दम्पतीलाई केही लक्षणहरू देखापरेपछि चेकजाँच गर्दा उनीहरूमा कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको उनको सोसल मिडियामार्फत जानकारी दिइएको छ ।

अस्ट्रेलियामा रहेका ६३ वर्षीय टम ह्यांक्स र उनकी पत्नी रीटा विल्सनलाई चिसो लाग्दा हुने थकान र शारिरिक पीडा भएपछि कोरोना भाइरसको आशंका लागेर परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएको उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि चिकित्सकको निगरानीमा रहेका अभिनेता टमले चिकित्सकहरूको नियमलाई पालना गर्ने बताएका छन् ।

koro

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७