कोरोनाविरुद्ध लड्न भारतको कडा कदम, विश्वभरका नागरिकलाई भारत प्रवेशमा प्रतिबन्ध


२९ फाल्गुन २०७६, बिहीबार
korona india

काठमाडौं, २९ फागुन । प्राणघातक कोरोना (कोभिड–१९) को संक्रमण नेपाल भित्रन नदिन सरकारको पूर्व तयारी फितलो भइरहेको भन्दै आलोचना भइरहेका बेला छिमेकी देश भारतले कोरोनाविरुद्ध लड्न कडा कदम चालेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले पनि विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि (शुक्रबार) देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो । कोरोना भाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारतले जनाएको छ ।

coronavirus found india 3oxfAp8BI5

भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिन रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक) लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ । १५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७