माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने


२७ पुष २०७४, बिहीबार
UCPN Maoist Head Office Paris

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा मन्त्री बनेका माओवादी केन्द्रका विनाविभागिय मन्त्रीहरूले राजीनामा दिने भएका छन् । विनाबिभागिय मन्त्री रहेको सबै मन्त्रीहरूले आजनै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिने भएका छन् ।

UCPN Maoist Head Office Paris
कांग्रेस र माओवादीकेन्द्रले सत्ता साझेदार गरिरहेको बेला माओवादीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बनाएर चुनावमा गएपछि माओवादीबाट बनेका ८ मन्त्री र ८ राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाले विनाविभागिय मन्त्री बनाएका थिए ।

नेपका संयुक्तबाट प्रतिनिधित्व गर्ने मिथिला चौधरीलाई भने बिनाविभागीय बनाइएको थिएन। यो पार्टी हाल माओवादीमै समाहित भइसकेको छ। बिनाविभागीय बनाइएपछि पनि माओवादी मन्त्रीहरु मन्त्रिपरिषद्को बैठकमा भने सहभागी हुने गरेका थिए। उनीहरुले सरकारी सेवा सुविधा पनि प्रयोग गरिरहेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७