बाँस्कोटाको घर विष्फोटमा सत्तारुढ सांसद अधिकारीको प्रहरीमाथि नै शंका


२९ फाल्गुन २०७६, बिहीबार
khagraj adhikari

काठमाडौं, २९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा हिजो (बुधबार) भएको बम बिष्फोटको घटनाप्रति प्रहरीमाथि नै आशंका गरेका छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार) को वैठकमा बोल्दै सांसद अधिकारीले बाँस्कोटाको घरमा भएको विष्फोटको घटना गम्भिरताका साथ छानबिन हुनुपर्ने माग गरेका छन् ।

भक्तपुरको मनहराफाँटस्थित बाँस्कोटाको घरमा बुधबार विप्लव समूहले बम बिष्फोट गराएको थियो । तर, प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्री समेत रहेका अधिकारीले प्रहरीमाथि नै शंका व्यक्त गरेका छन् ।

सांसद अधिकारीले भने, ‘माननीय सदस्य गोकुल बाँस्कोटाको घरमा बिष्फोट भएको छ । प्रहरी हामीलाई पूर्वअनुमान थियो भन्छ । पुिलसलाई पूर्व अनुमान थियो भने को–को संलग्न छन् ? या पुलिस नै त त्यहाँ छैन संलग्न ? त्यो समेत छानविन गरी अपराधीलाई सख्त कारबाही गर्न माग गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७