लेवनानमा नेपाली शान्ति सैनिकको मृत्यु


२९ फाल्गुन २०७६, बिहीबार
un mission

काठमाडौं, २९ फागुन । संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा रहेका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

लेबनानस्थित राष्ट्र संघीय मिसन युनिफिलमा खटिएका धादिङ मूलपानीका अमलदार नरबहादुर मगरको मंगलबार गाडी दुर्घटनामा परी ज्यान गएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

चालक रहेका मगर चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए । दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा अर्का नेपाली सैनिकले चलाएको ट्यांकर ब्याक गर्ने क्रममा नरबहादुर घाइते भएका थिए ।

युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७