प्राइम बैंकले शुरु गर्‍यो एकीकृत कारोवार


२९ फाल्गुन २०७६, बिहीबार
prime bank

काठमाडौं, २९ फागुन । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन् । सोही क्रममा आजदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार शुरु गरेको छ ।

गत असारमा भएको सम्झौता बमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोवार थालेको हो । प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोवार शुरु भएको घोषणा गरेका हुन् । कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो ।

कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोवार गर्न स्वीकृति दिएको थियो ।

कैलाशको प्राप्तिपश्चात् प्राइमको कूल चुक्ता पूँजी रु १३ अर्ब ९७ करोड पुगेको छ । यस्तै कूल निक्षेप रु एक खर्ब ३० अर्ब, ऋण लगानी रु एक खर्ब १५ अर्ब पुगेको छ । यसैगरी शाखा संख्या १९९ र कर्मचारी संख्या एक हजार ५०० पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७